थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगातका तस्बिरहरु । कार्यक्रमको भिडियो केहि दिन भित्रमा ..... ।

2009/11/02

कोरियामा धरपकडले सिमा नाघ्दै गर्दा तोङदेमुन शहरमा हिंजो आईतबारको स्थिति

btulachan,seoul korea
हिंजो आईतबार बिहान काम विशेषले म मेरो कोठा देखि ट्याक्सीबाट १० मिनेटमा पुगिने तोङदेमुन शहरको डांडा गांऊ नाकसान भिल्लेजमा बस्ने साथीहरु लगायत आफन्तहरुले डिनरको लागि बोलाउनु भएको थियो । बिगतमा तोङदेमुनको तीन नम्बर गेट सम्म पांच मिनेट बसको यात्रा पछि करिव १५ मिनेटको ठाडो उकालो हिंदाई पछि सजिलै पु्ग्न सकिने नाकसान डांडा सम्म ट्याक्सीमा जाने निधो गर्दै करिव १ बजे गन्तब्य स्थल पुगें । कोरियामा आई पुगेका नयां पुराना बिदेशीहरुको लागि केन्द्र बिन्दु मानिने राजधानी सउलको तोङदेमुन शहरको बाटो भएरै जानु पर्ने नाकसान डांडा सम्म पुग्दा बाटोमा खासै बिदेशीहरुको चहलपहल देखिएन , नत अध्यागमनको गाडी नै । More..

2009/10/29

थकाली सेवा समिति दक्षिण कोरिया द्वारा धन्यबाद ज्ञापन

कोरियामा रहेका अपांग प्रवासी नेपालीहरुको सहयोगार्थ थसेस कोरियाले गत अक्टुबर ३ तारिखको दिन आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ लाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्नु हुने कोरियामा कृयाशिल संघ संस्था, ब्यबसायी, पत्रकार,बिधार्थी, लगायत सम्पूर्ण प्रवासी नेपालीहरुमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ । More....

2009/10/13

थासाङ सांस्कृतिक सौगातका कलाकारहरु स्वदेश फर्कदा

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगातमा आमन्त्रित कलाकारहरु अक्टुबर ५ तारिख सोमबारको दिन कोरियन बिमानबाट स्वदेश फर्कनु भएको छ । कलाकारहरुलाई अन्तिम बिदाई गर्न थसेस अध्यक्ष भक्त सेरचन लगायतका पदाधिकारीहरु कलाकारहरुका साथ ईन्छन बिमान स्थल पुग्नु भएको थियो

2009/10/05

थासाङ सांस्कृतिक सौगात भब्यताका साथ सम्पन्न,

---------------------------More Report and Photos------------------------
थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ दक्षिण कोरियाको राजधानी सउल स्थित दोङकुक युनिभर्सिटीको हलमा भब्यताका साथ सम्पन्न भएको छ । More.....

2009/10/01

थासाङ सांस्कृतिक सौगातका कलाकारहरु कोरियामा

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ का कलाकारहरु कोरिया आई पुगेका छन । २ तारिख बिहान ६:४५ मा ईन्छन बिमान स्थल आईपुगेका कलाकारहरुलाई थसेस अध्यक्ष भक्त सेरचन,सचिव भरत तुलाचन,सल्लाहकार बिनोद थकाली, अपाङग संघका अध्यक्ष कुश राज राई र सदस्य चित्र सेरचनले स्वागत गर्नु भएको थियो । आज यहां आई पुगेका कलाकारहरुमा दोहोरी गायिका शिला आले, दोहोरी गायक राजु परियार,हांस्य कलाकार जितु नेपाल र लोक पप किङ राम चन्द्र काफ्ले छन । रिमिक्स गायिका अन्जु पन्त भने तामाङ संघको कलाकार टोलिमा हिंजै कोरिया आई सकेका छन । नायिका तथा नृत्यकार सम्झना बुढाथोकी भने एक कार्यक्रममा सहभागि भई ३ तारिख बिहान सम्म कोरिया आई पुग्ने छन । थप फोटोहरु.......